२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

गण्डकी टाइम्स
शनिवार, आषाढ २८ २०८२
गण्डकी टाइम्स
शनिवार, आषाढ २८ २०८२
  • काठमाडौं, २९ असार । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । यद्यपि यो प्रारम्भिक तथ्यांक हो । कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।  माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउनेछन् । बाँकि आवेदकको भने हात खाली हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij