२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

गण्डकी टाइम्स
शुक्रवार, श्रावण १६ २०८२
गण्डकी टाइम्स
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं, १७ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन् । उनले यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका छन् । सेन्ट पिटर्सबर्गनजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनोट गरिसकेको पुटिनले बताएको सीएनएनले जनाएको छ । के हो ओरेस्निक ? रुसले पहिलोपटक नोभेम्बरमा युक्रेनविरुद्ध ओरेस्निक प्रयोग गरेको थियो । यो प्रयोगात्मक हतियार ड्निप्रोमा रहेको एक कारखानामा प्रहार गरिएको थियो । उक्त कारखाना जुन युक्रेन सोभियत संघको हिस्सा हुँदा मिसाइल बनाउने स्थान (कारखाना) थियो । ओरेस्निकको रुसी अर्थ हेजलनट रूख हो । पुटिनले ओरेस्निकको क्षमताको प्रशंसा गर्दै यसका बहु–वारहेडहरू म्याक १० को गतिमा लक्ष्यतर्फ झर्ने बताएका छनु । यसलाई अवरोध गर्न असम्भव रहेको र परम्परागत हमलामा शक्तिशाली यिनको केही प्रयोगले परमाणु हमलाजस्तै विनाशकारी हुनसक्ने बताए । उनले किभलाई रुसभित्र हमला गर्न लामो दूरीका मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका पश्चिमलाई मस्कोले युक्रेनका नेटो सहयोगीहरूविरुद्ध यो मिसाइल प्रयोग गर्नसक्ने चेतावनी दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij