२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

साताभर ६०.०१ अंकले घट्यो नेप्से, कुन दिन कति कारोबार ?

साताभर ६०.०१ अंकले घट्यो नेप्से, कुन दिन कति कारोबार ?

गण्डकी टाइम्स
शनिवार, श्रावण १७ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण १७ २०८२
  • काठमाडौं, १७ साउन। यो साता नेप्से परिसूचक ६०.०१ अंकले बढेर २९२२.६३ विन्दुमा आईपुगेको छ। गत साता २९८२.६४ विन्दुमा बन्द भएको नेप्से यो साता ६०.०१ अंकले बढेर २९२२.६३ को विन्दुमा पुगेको हो । गत साता ३ हजारको विन्दुमा पुगेको नेप्से यससाता घटबढ हुँदा अन्तिम दिन घटेर बन्द भएको हो । यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता एक कारोबार दिन बढेको बजार चार कारोबार दिन भने घटेको थियो । यस साता औसतमा २० अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सोमबार १९ अर्ब ३६ करोडको भयो । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भयो । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भयो । साताको पहिलो कारोबार दिन नेप्से १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij