२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

गण्डकी टाइम्स
मंगलवार, आश्विन २८ २०८२
गण्डकी टाइम्स
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं, २९ असोज । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् । खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ । ओमानलाई हराए नेपाल टी- २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो । सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्। नेपाल टी–२० मा छनाेट हुने अवसरकाे रुपमा आजकाे खेललाई लिइएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij