२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ५३ रनले पराजित

विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ५३ रनले पराजित

गण्डकी टाइम्स
मंगलवार, मंसिर २ २०८२
गण्डकी टाइम्स
मंगलवार, मंसिर २ २०८२
  • काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा बसिर अहमद र सूर्य तामाङले एक/एक विकेट । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो । विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे । बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij