२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सोल्टी होटल र साहस उर्जाको शेयरमूल्य समायोजन

सोल्टी होटल र साहस उर्जाको शेयरमूल्य समायोजन

गण्डकी टाइम्स
बिहिवार, मंसिर ४ २०८२
गण्डकी टाइम्स
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं, ५ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सोल्टी होटल (SHL) र साहस उर्जाको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन सोल्टी होटलको १५ प्रतिशत र साहस उर्जाको २१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सोल्टीको शेयरमूल्य ४७४ रुपेयाँ ८७ पैसा कायम भएको छ भने साहस (SAHAS) को शेयरमूल्य ५५५ रुपैयाँ ३७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा सोल्टीको शेयर प्रतिकित्ता ५४६ रुपैयाँ र साहसको शेयर प्रतिकित्ता ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij