२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एनपीएल: सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

एनपीएल: सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०८२
गण्डकी टाइम्स
शनिवार, मंसिर १३ २०८२
  • काठमाडौं, १३ मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूपश्चिमको जितका लागि इसान पाण्डेले सर्वाधिक ५६ रन बनाए । इसानले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे । जोश ब्राउन ०, विनोद भण्डारी ४२ र क्रिस लिन १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रनमा अविजित रहे । बलिङमा जनकपुरका माज सदाकतले २ तथा सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे । जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij