२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प

गण्डकी टाइम्स
शनिवार, मंसिर २० २०८२
गण्डकी टाइम्स
शनिवार, मंसिर २० २०८२
  • अमेरिका, २१ मङ्सिर। अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। शनिबार राति अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो। भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। स्थानीय अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्। यद्यपि भूकम्पका कारण अहिलेसम्म कुनै हताहत वा सम्पत्ति क्षतिको खबर छैन। प्राकृतिक संसाधन क्यानडाकी भूकम्पविद् एलिसन बर्डले भूकम्पको केन्द्रबिन्दु नजिकैको युकोन उबडखाबड पहाड र कम जनसंख्या भएको क्षेत्र भएको बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij