२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

निर्वाचनकेन्द्रित ८० हजार सेना आजदेखि परिचालन

निर्वाचनकेन्द्रित ८० हजार सेना आजदेखि परिचालन

गण्डकी टाइम्स
मंगलवार, माघ २० २०८२
गण्डकी टाइम्स
मंगलवार, माघ २० २०८२
  • काठमाडौँ, २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन लागु भएको एकीकृत सुरक्षा योजना अनुरूप आजदेखि सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन भएको हो । यसका लागि सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ । २१ फागुनमा हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालन भएको हो । निर्वाच्नमा प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । सेना १ सय ६५ निर्वाचन क्षेत्रमा आजदेखि परिचालित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij