२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

चितवनबाट जिते पनि सांसद बन्न नपाउने अवस्थामा रवि लामिछाने

चितवनबाट जिते पनि सांसद बन्न नपाउने अवस्थामा रवि लामिछाने

गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौं, २३ माघ। रवि लामिछाने पुनः चितवन जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। अघिल्ला दुई निर्वाचनमा भारी मतसहित विजयी भएका उनी यसपटक पनि जित्ने सम्भावना बलियो देखिए पनि कानुनी कारणले सांसद बन्न नपाउने अवस्थामा छन्। नागरिकता विवादका कारण २०७९ मा सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो। त्यसपछि नागरिकता पुनः प्राप्त गरी २०८० वैशाखको उपनिर्वाचनमा पुनः निर्वाचित भए। हाल भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भई अदालतमा विचाराधीन रहेकाले संघीय संसद्ले उनलाई निलम्बन गरेको छ। मुद्दा टुंगो नलागेसम्म उनी सांसद, मन्त्री वा प्रधानमन्त्री बन्न नपाउने अवस्था देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेविरुद्ध विभिन्न सहकारीको बचत रकम हिनामिनाको आरोपमा अनुसन्धान जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij