२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सरकार चाहिँदैन, मूल्य चाहिन्छः गगन थापा

सरकार चाहिँदैन, मूल्य चाहिन्छः गगन थापा

गण्डकी टाइम्स
शनिवार, माघ २४ २०८२
गण्डकी टाइम्स
शनिवार, माघ २४ २०८२
  • काठमाडौँ, २४ माघ । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताएका छन् । उनले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताएका हुन् । यो निर्वाचनले काँग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गरे । उनले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई मूल्य–मान्यता (स्वतन्त्रता र समानता) को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताए । नयाँ काँग्रेस’ ले अब सिद्धान्तसँग सम्झौता नगरी सरकार पनि नचाहने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने, संस्थाहरूलाई पवित्र बनाउने र राष्ट्रिय स्वार्थमा आधारित ‘मिलाउने तथा सम्हाल्ने’ शक्तिको रूपमा उभिने प्रतिवद्धता जनाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij