२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

टी–२० विश्वकपः साविक विजेता भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित

टी–२० विश्वकपः साविक विजेता भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित

गण्डकी टाइम्स
शनिवार, माघ २४ २०८२
गण्डकी टाइम्स
शनिवार, माघ २४ २०८२
  • काठमाडौँ, २५ माघ । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्‍यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७-३७ रन बनाए । बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले २ र अक्षर पटेलले २(२ तथा वरुण चक्रवतिले एक विकेट लिए । त्यसअघि घरेलु मैदानमा भारतले कप्तान सूर्यकुमार यादवको संयमित ब्याटिङमा १६१ रन बनाएको थियो । यादवले ४९ बलमा अविजित ८४ रन बनाए । बलिङमा अमेरिकाका शाड्ली भ्यान शाल्कविकले सर्वाधिक ४ विकेट लिए । यसअघि आजै भएको खेलमा पाकिस्तान र वेष्ट इन्डिज विजयी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij