इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपालमा
इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपालमा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, १ फागुन । अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपाल आइपुगेका छन् । उनी १४ जनाको विशेष टोलीसहित गएराति काठमाडौं आइपुगेका हुन् ।
तीन दिने भ्रमणको क्रममा पापारो युएस एअर फोर्सको विशेष उडान नम्बर एसएएम ६९४ बाट सिंगापुर हुँदै मध्यराति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
उनी औपचारिक भेटघाटपछि काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणमा जाँदैछन् । आज उनले जङ्गी अड्डा पुगेर सेनापति अशोक सिग्देलसङ्ग भेट्ने र रक्षा मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीसङ्ग भलाकुसारी गर्ने तालिका छ ।
प्रतिक्रिया