२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अबुधाबीमा मारिएका नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

अबुधाबीमा मारिएका नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १८ २०८२
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाण्डौ, १८ फागुन । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा मारिएका नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । उनी भीमसेन थापा गाउँपालिका वडा नं ७ हुन्। त्यहाँस्थित नेपाली दूतावासका अनुसार २९ वर्षे श्रेष्ठ अस्ति इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि भएको इरानी प्रत्याक्रमणमा मारिएका हुन् । उक्त घटनामा पाकिस्तान र बंगलादेशका पनि एक एकजना मारिएका छन् । अबुधाबीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत श्रेष्ठको निधन भएको दूतावासले जनाएको छ । परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर स्वदेश फिर्ता गरिने जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वका अधिकांश मुलुकले हवाइ क्षेत्र बन्द गरेकाले अधिकांश उडान ठप्प छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij