इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा हान्यो ब्यालिस्टिक मिसाइल
इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा हान्यो ब्यालिस्टिक मिसाइल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाण्डौ, २० फागुन । इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ।
बीबीसीका अनुसार तीमध्ये एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले हावामै खसालेको छ।
दोस्रो क्षेप्यास्त्र भने कतारस्थित सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा अल उदेइद एयर बेसमा प्रहार गरिएको छ ।अहिलेसम्म आक्रमणबाट कुनै हताहतको रिपोर्ट नभएको कतारले जनाएको छ। यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
प्रतिक्रिया