समानुपातिकतर्फ सीट बाँडफाँट टुङ्गियो : रास्वपाले पायो सबैभन्दा बढी ५७ सीट
समानुपातिकतर्फ सीट बाँडफाँट टुङ्गियो : रास्वपाले पायो सबैभन्दा बढी ५७ सीट
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २८ फागुन । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा सीट बाँडफाँटको टुङ्गो लगाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार देशभरिबाट समानुपातिक प्रणालीतर्फ खसेको कुल सदर मतमध्ये कम्तीमा तीन प्रतिशत मत कटाउने छ वटा राजनीतिक दललाई प्रतिनिधिसभाको ११० सीट भाग लगाइएको हो।
पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले ५१ लाख ८३ हजारभन्दा बढी मत प्राप्त गर्दै ५७ सीट जितेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख ५९ हजार मतसहित २० सीट पाएको छ।
त्यसैगरी नेकपा एमाले ले १४ लाख ५५ हजार मत प्राप्त गर्दै १६ सीट हात पारेको छ।
समानुपातिक प्रणालीतर्फ नेपाली कम्युनिस्ट पार्टी ले ९ सीट प्राप्त गरेको छ भने पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ले ३ लाख ८५ हजार मतसहित ४ सीट जितेको छ।
त्यस्तै ३ लाख ३० हजार मत प्राप्त गर्दै तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने अन्तिम दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनि ४ सीट पाएको आयोगले जनाएको छ।
प्रतिक्रिया