गोरखा दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)
गोरखा दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, १ चैत । गोरखाको मनकामनामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर राजन लम्सालले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक हुन्।
उनीहरू सबै घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा भारतीय नागरिकहरू ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी छन्।
शनिबार साँझ साँढे सातबजेतिर मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा सडकबाट झण्डै दुईसय मिटर तल खसेर दुर्घटना हुँदा सात जनाको घटनास्थलममै मृत्यु भएको थियो।
माइक्रोमा १६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेका यी हुन् ९ घाइते
१) चालकः जिल्ला लमजुङ सुन्दरबजार न.पा. १ बस्ने बर्ष ४६ को पुष्प मल्ल ठकुरी. बाहिरी चोट नभएको, भित्री चोट। हल्का बोल्न सक्ने अवस्था सिरियस (मा.प.से. नभएको- पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको (साथमा प्र.ह. गुड्डु नाउ हजाम खटि गएको)
२) सह-चालकः- जि. लमजुङ बेशीशहर न.पा. ३ बस्ने बर्ष २९ को सन्तोष गुरुङ टाउको र अनुहारमा चोट अवस्था सिरियस – पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको।
३) देश भारत बस्ने वर्ष अन्दाजी ६२ की सोरनम शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस -पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
४) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ६५ का मंगदा जलम शरीरको विभिन्न भागमा चोटअवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ७५ की सुभाद्रा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
६) ऐ.ऐ. बस्ने वर्ष ६५ की मयाल शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
७) ऐ.ऐ. बस्ने वर्ष ७३ की सरोजा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
८)ऐ.ऐ. बस्ने वर्ष ६५ की भाग्यलक्ष्मी शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
९)ऐ.ऐ. बस्ने वर्ष ३४ की मिनाक्षी शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।
प्रतिक्रिया