रवि लामिछानेको मुद्दा आज पनि निरन्तर सुनुवाइ
रवि लामिछानेको मुद्दा आज पनि निरन्तर सुनुवाइ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठाडौँ, ३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।
आइतबारदेखि ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने भएको हो ।
रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार (चैत २)मा सर्वोच्चमा सुनुवाइ भएको थियो ।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको थियो । सोमबार नसकिएपछि मंगलबार पनि निरन्तर सुनुवाइ हुने भएको छ ।
प्रतिक्रिया