२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हिल्टन जल्नुमा तपाईंको मुख्य कारण हो भनिन्छ नि भन्ने प्रश्नमा दिलभूषणले के दिए जवाफ ?

हिल्टन जल्नुमा तपाईंको मुख्य कारण हो भनिन्छ नि भन्ने प्रश्नमा दिलभूषणले के दिए जवाफ ?

गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ, ११ चैत। जेन –जी आन्दोलन जाँचबुझ आयोगले हिल्टन होटल जल्नुमा तपाईंको भिडियो रिपोर्ट कारण मानिन्छ भनेर दिलभूषण पाठकलाई प्रश्न गरेको छ । आयोगले अध्ययन क्रममा पाठकलाई यस्तो प्रश्न गरेको प्रतिवेदनमा उल्लेख छ । पत्रकार दिल भूषण पाठकले जेन–जी आन्दोलन जाँचबुझ आयोगलाई दिएको बयान पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । आजको लोकतान्त्रिक समाजमा व्यावसायिक पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम होइन, राष्ट्रको नैतिक दिशानिर्देशक हो । खराब शासन र भ्रष्टाचारका विरुद्ध पत्रकारिता मौन बस्न सक्दैन । खोजमूलक पत्रकारितामार्फत शक्ति दुरुपयोग, घोटाला र अनियमितता उजागर गर्नु र सबैलाई जवाफदेही एवं उत्तरदायी बनाउनु पत्रकारिताको प्रमुख जिम्मेवारी हो । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ । यसले पत्रकारलाई निर्भीक भएर सत्य लेख र बोल्न कानुनी आधार दिएको छ । तर स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ । सत्यता, निष्पक्षता र सन्तुलन कायम गर्नु नै व्यावसायिकताको मूल आधार हो । पत्रकारिता भनेको अन्धो समर्थन होइन, राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सत्य बोल्नु हो । सत्य बोल्ने साहस, गलतको विरोध गर्ने दृढता र जनताको पक्षमा उभिने प्रतिबद्धता नै मेरो पत्रकारिताप्रतिको वास्तविक विश्वास हो । पत्रकारिताले राजनीतिक दल र सरकारलाई जवाफदेही बनाउँछ । यसले शक्तिशाली व्यक्तिहरूलाई प्रश्न गर्ने, नागरिकका आवाज र गुनासालाई राष्ट्रिय बहसमा ल्याउने, पारदर्शिता र सुशासनको मागलाई बलियो बनाउने, तथा कानुनी निकाय र निगरानी संस्थालाई कारबाहीतर्फ ध्यानाकर्षण गर्ने काम गर्दछ । यही विश्वासले म विगत ३३ वर्षदेखि पत्रकारिकताको माध्यमबाट देश जनताको हक र हितका लागि क्रियाशील रहेको छु र अन्तिम सास रहिन्जेलसम्म क्रियाशील रहने प्रतिवद्धता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij