काठमाडौँ, ८ बैसाख। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज (मंगलबार) दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको व्यवसायिक साझेदारी रहेको विषय अहिले चर्चामा छ।
गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।