काठमाडौं १७, बैसाख। २०८१ सालको एसईई नतिजा अनुसार नागार्जुन नगरपालिकाभित्रका उत्कृष्ट १० संस्थागत विद्यालयहरूको सूची सार्वजनिक गरिएको छ। यो उत्कृष्टताको आधार २०८१ सालको एसईई नतिजालाई मानिएको हो। औसत GPA का आधारमा तयार गरिएको सूचीमा नगरपालिकाभित्रका धेरै विद्यालयहरूले राम्रो प्रदर्शन गरेका भए पनि यहाँ उत्कृष्ट १० विद्यालयहरूको विवरण मात्र समावेश गरिएको छ।
यस वर्षको नतिजा अनुसार द एक्सल पब्लिक स्कूल (स्वयम्भू) ले ३.७९ औसत GPA ल्याउँदै प्रथम स्थान हासिल गरेको छ। समान रूपमा २५ जना विद्यार्थी सहभागी रहेका यो विद्यालयहरूले उत्कृष्ट नतिजा निकाल्दै शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाएको छ।
काठमाडौं भ्याली स्कूल (रानीवन) ३.७५ औसत GPA ल्याउँदै दोस्रो स्थान हासिल गरेको छ। जहाँबाट २० जना विद्यार्थी एसईईमा सहभागी भएका थिए।
त्यसैगरी निक एकेडमी सनोभर्याङ्ग र वाटिका स्कूल (रानीवन) ले ३.७२ औसत GPA ल्याउँदै तेस्रो स्थान सुरक्षित गरेका छन् । निक एकेडमीबाट ५५ जना विद्यार्थी सहभागी रहेकोमा एसईई २०८१ मा यस विद्यालयले ठूलो सङ्ख्यामा विद्यार्थी सहभागी गराउँदै उच्च प्रदर्शन गर्न सफल भएको देखिन्छ। वाटिका स्कूल (रानीवन) ले १५ जना विद्यार्थीलाई एसईईमा सहभागी गराएर नागार्जुन भित्रको उत्कृष्ट स्कुलमा नतिजा निकाल्न सफल भएको छ ।
यसै क्रममा निर्भाना एकेडेमीले ३.७१ GPA र कोरोना स्कूलले ३.६८ GPA प्राप्त गर्दै उत्कृष्टताको सूचीमा आफ्नो स्थान कायम राखेका छन्। यी विद्यालयहरूको नतिजाले निरन्तर शैक्षिक सुधार र गुणस्तरमा जोड दिएको संकेत गरेको छ । यी स्कुल उत्कृष्टताको क्रमश ५ र ६ स्थानमा पर्न सफल भएका छन्।
त्यस्तै मर्स्याङ्दी बोर्डिंग स्कुल रानीवन ३.६७ औसत GPA प्राप्त गर्दै उत्कृष्टताको ७औ सूचीमा पर्न सफल भएको छ। भने ८औ स्थानमा ३.६५ औसत GPA सहित नागर्जुनभ्यालि एकेडमी परेको छ। जहाँबाट यसपटक ३९ जना विद्यार्थीले एसईई दिएका थिए।
नागार्जुन नगरपालिकाभित्रका उत्कृष्ट ९ मा टाइम्स एलिमेंट्री ३.६२ र १०औ स्थानमा परेको इलेन मेमोरियल स्कुल सितापाइलाले ३.५९ औसत GPA प्राप्त गरेको छ।
औसत GPA लाई आधार मानेर तयार गरिएको यस्तो सूचीले विद्यालयहरूको समग्र शैक्षिक अवस्था झल्काउने मात्र होइन, अभिभावक र विद्यार्थीलाई उपयुक्त विद्यालय छनोट गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यस्ता नतिजाले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउँदै शैक्षिक सुधारतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।