२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

केन्द्रीय कारागार सुन्धाराबाट एक महिला कैदी फरार

केन्द्रीय कारागार सुन्धाराबाट एक महिला कैदी फरार

गण्डकी टाइम्स
आइतवार, जेठ ३ २०८३
गण्डकी टाइम्स
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ। सुनधारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलगणबाट एक जना महिला कैदी फरार भएकी छन्। जन्मकैदको सजाय भोगिरहेकी नुवाकोटको विदुर नगरपाालिकाकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान साढे १ बजे जेलबाट फरार भएकी हुन्।

    फरार भएको तीन दिन हुँदा पनि उनी भेटिएकी छैनन्। गारागारकाअनुसार उनको खोजी भइरहेको छ। उनी अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा तथा डाँका चोरीमा दोषी ठहर भई २०७५ मा जेल चलान भएकी थिइन्।

    उनी जेलका पछाडिको पर्खाल नाघेर भागेको सिसिटिभी फुटेजबाट देखिएको सुन्धारा गारागारका जेलर कृष्ण चापागाईंले बताए। सुरक्षित मानिएको गारागारबाट कैदीबन्दी नै भागेपछि गारागारको सुरक्षामाथि प्रश्न उठेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij