गोरखा, ८ जेठ। गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रवार दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुपर त्रिशूली हाइड्रोपावरको चरम लापरवाहीका कारण एक जना मजदुरले अकालमा ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ।
https://www.facebook.com/share/r/16kJnQPHN8/