२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

कमिसन विवादमा मन्त्रालयमै सचिव र बिचौलियाबीच हात हालाहाल

कमिसन विवादमा मन्त्रालयमै सचिव र बिचौलियाबीच हात हालाहाल

गण्डकी टाइम्स
मंगलवार, जेठ १२ २०८३
गण्डकी टाइम्स
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं, १२ जेठ । पूर्वाधार विकास मन्त्रालयमा कमिसन विवादलाई लिएर सचिव विश्वबाबु पुडासैनी र बिचौलिया उपेन्द्र शाहीबीच मन्त्रालयमै हात हालाहाल भएको छ। स्रोतका अनुसार खानेपानीसम्बन्धी ठेक्काको कमिसन हिसाब नमिल्दा सोमबार साँझ विवादले उग्र रुप लिदा हात हालाहालको अवस्था आएको हो।

    घटनाका बेला खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ पनि कार्यकक्षमै उपस्थित रहेका थिए। विवाद उग्र बनेपछि शाहीले सचिव पुडासैनीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

    प्रहरी वृत्त सिंहदरबारको टोलीले शाहीलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको छ। सचिव पुडासैनी र शाहीबीच लामो समयदेखि चिनजान भएको र विभिन्न ठेक्कामा सेटिङ समेत हुने गरेको श्रोतले उल्लेख गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij