२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको आरोप

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको आरोप

गण्डकी टाइम्स
बुधवार, जेठ २७ २०८३
गण्डकी टाइम्स
बुधवार, जेठ २७ २०८३
  • तेहरान। इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक अमेरिकाले आफ्ना समर्थकका लागि छुट्याइएको समूह चरणका खेलहरूको टिकट कोटा रद्द गरिदिएको आरोप लगाएको छ । दुई देशबीच चर्किएको कूटनीतिक विवादकै बिच अमेरिकाले इरानी समर्थकलाई रङ्गशाला प्रवेशमा अवरोध पुर्‍याउन यस्तो कदम चालेको इरानको दाबी छ ।

    मङ्गलवार एक विज्ञप्ति जारी गर्दै इरानी फुटबल महासङ्घले भनेको छ, “सन् २०२६ को विश्वकप सुरु हुन तीन दिनभन्दा कम समय बाँकी छँदा अमेरिकाले राष्ट्रिय टोलीको समूह चरणका तीनवटै खेल हुने रङ्गशालामा इरानी समर्थकहरूको उपस्थिति रोक्न पुनः अवरोध खडा गरेको छ ।”

    गएको फागुन १६ मा भएको आक्रमणपछि दुवै देशबिच युद्धको जस्तै स्थिति सिर्जना भएको छ । यसै छायाका बिच अमेरिकाले इरानका लागि विभिन्न प्रशासनिक व्यवधान खडा गरेको र केही सहयोगी कर्मचारीलाई समेत भिसा दिन अस्वीकार गरेको महासङ्घले जनाएको छ ।

    इरानी फुटबल निकायका अनुसार फिफाको नियमबमोजिम प्रत्येक खेलका कुल टिकटमध्ये ८ प्रतिशत कोटा सहभागी टोलीका महासङ्घलाई उपलब्ध गराउनुपर्छ, जसलाई आधिकारिक च्यानलमार्फत समर्थकहरूलाई वितरण गरिन्छ ।

    इरानले आफ्नो कोटा पाएपछि अमेरिकामा हुने न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्धको समूह चरणका खेलहरूका लागि टिकट बिक्री समेत सुरु गरिसकेको थियो । कतिपय प्रशंसकले खेल हेर्नका लागि आवश्यक तयारी पनि पुरा गरिसकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij