२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

‘विश्वकप-२०२६’

आजबाट सुरु हुँदै विश्वकप-२०२६: इतिहासमै पहिलो पटक तीनवटा उद्घाटन समारोह हुने

आजबाट सुरु हुँदै विश्वकप-२०२६: इतिहासमै पहिलो पटक तीनवटा उद्घाटन समारोह हुने

द्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने

गण्डकी टाइम्स
बिहिवार, जेठ २८ २०८३
गण्डकी टाइम्स
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ, २८ जेठ। विश्व खेलकुदमै सर्वाधिक हेरिने फुटबलको महाकुम्भ ‘विश्वकप-२०२६’ आज सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबिच विश्वकपको पहिलो खेल सुरु हुनेछ।

    यसपटकको विश्वकप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभएर उत्तर अमेरिकाभरि फैलिने एउटा विशाल सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिँदैछ। फिफाका आधिकारिक घोषणा तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएकोजानकारी अनुसार यसपटकको उद्घाटन समारोहमा पाँचवटा विशेष र ऐतिहासिक पक्षहरू समेटिएका छन्।

    इतिहासमै पहिलो पटक तीनवटा उद्घाटन समारोह
    विश्वकपको इतिहासमा यसअघि एउटा मात्र उद्घाटन समारोह हुने परम्परा थियो। तर, सन् २०२६ को यो संस्करणमा तीनवटै आयोजक राष्ट्रहरू मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले आ-आफ्नै देशभित्र छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गर्दैछन्। फिफाले यसलाई ‘तीन देश, एउटै विश्वकप’ अवधारणाको जीवन्त सांस्कृतिक प्रदर्शनका रूपमा अघि सारेको छ। यसअन्तर्गत पहिलो समारोह मेक्सिको सिटीमा, दोस्रो टोरन्टोमा र तेस्रो लस एन्जलसमा आयोजना गरिनेछ।

    sakira.jpg
    undefined

    उद्घाटन खेल हुने रंगशालाको ऐतिहासिक कीर्तिमान
    प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ। यो ऐतिहासिक खेल मेक्सिको सिटीस्थित प्रसिद्ध ‘इस्टाडियो एस्टेका’ (फिफाको आधिकारिक नाम: मेक्सिको सिटी स्टेडियम) मा हुनेछ।

    सन् १९७० र १९८६ को विश्वकप उद्घाटन समारोहको साक्षी बनिसकेको यो रंगशालाले तेस्रो पटक पनि उद्घाटन खेल आयोजना गर्दै छ। यससँगै एस्टेका रंगशाला विश्वकप इतिहासमै तीनवटा उद्घाटन खेल सञ्चालन गर्ने विश्वकै पहिलो रंगशाला बन्ने छ।

    विश्वव्यापी सांगितिक स्टारहरूको जमघट
    फिफाले यसपटक विश्वकपलाई खेल र मनोरञ्जनको एउटा संयुक्त महाउत्सव बनाउने प्रयास गरेको छ। तीनवटै देशका उद्घाटन समारोहमा संसारभरका ख्यातिप्राप्त संगीतकार तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिँदैछन्।

    मेक्सिकोको समारोहमा साकिरा, बर्न ब्वाय, माना, अलेहान्ड्रो फर्नान्डेज र बेलिन्डा जस्ता स्टारहरूले स्टेज सम्हाल्नेछन्। क्यानडाको समारोहमा माइकल बुबले, एलानिस मोरिसिट र एलेसिया कारा देखिनेछन् भने अमेरिकी समारोहमा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टायला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले दर्शकलाई झुमाउने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij