काठमाडौँ, २९ जेठ विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ मेक्सिको सिटीस्थित ऐतिहासिक Estadio Azteca मा भव्य उद्घाटन समारोहसहित सुरु भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना गरिएको हो।
उद्घाटन समारोहमा ल्याटिन अमेरिकी कला, संस्कृति र सङ्गीतको आकर्षक प्रस्तुति देखिएको थियो। रंगीन प्रकाश, नृत्य र सांस्कृतिक झाँकीले रङ्गशालालाई उत्सवमय बनाएको थियो।
समारोहको मुख्य आकर्षण भने Shakira र Burna Boy बने। उनीहरूले विश्वकपको आधिकारिक गीत Dai Dai प्रस्तुत गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए। उक्त गीतको अर्थ ‘लेट्स गो’ अर्थात् ‘अघि बढौँ’ भन्ने रहेको छ।
४८ राष्ट्र सहभागी रहेको विश्वकपको यो संस्करण जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकाका विभिन्न सहरमा सञ्चालन हुनेछ।
