२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको सानदार जित

विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको सानदार जित

दक्षिण अफ्रिका २–० ले पराजित

गण्डकी टाइम्स
शुक्रवार, जेठ २९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं, २९ जेठ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एज्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।

    तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको अज्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।घरेलु दर्शकको भारी समर्थनका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरे ।

    अत्यन्तै प्रतिस्पर्धात्मक र केही तनावपूर्ण बनेको यस खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए । खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले नवौं मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको भरपूर फाइदा उठायो ।

    इरिक लिराले मिलाइदिएको पासलाई जुलियन क्विनोनेसले उत्कृष्ट ढङ्गले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा जुलियनले नै प्रहार गरेको अर्को एउटा बल भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij