२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

‘विश्वकप-२०२६’

मेसीको जादुयी ह्याट्रिक, अल्जेरिया अर्जेन्टिनासँग ३–० ले पराजित

मेसीको जादुयी ह्याट्रिक, अल्जेरिया अर्जेन्टिनासँग ३–० ले पराजित

गण्डकी टाइम्स
बुधवार, आषाढ ३ २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ, ३ असार। अर्जेन्टिनी कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनसँगै अल्जेरिया ३–० गोलअन्तरले पराजित भएको छ।  फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेसीले ह्याट्रिक पूरा गरेका छन्।  

    कानसास सिटी स्टेडियममा मेसीले उत्कृष्ट ह्याट्रिक गरेसँगै अर्जेन्टिनाले समूह ‘जे’ को खेलमा अल्जेरियालाई सानदार ढंगले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ। मेसीले खेलका १७, ६० र ७६ औँ मिनेटमा गोल गरेर जारी विश्वकपको आफ्नो पहिलो खेलमा सुखद् सुरुवात गरेका छन्। 

    १७ औँ मिनेटमा अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो। दोस्रो हाफमा मेसी दोस्रो र तेस्रो गोल गरे। 

    यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij