२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली उद्योगको नयाँ पहिचान र युवा पुस्ताको जीवनशैलीसँग जोडिँदै  इनर्जी ड्रिंक ‘एक्स्ट्रिम’

नेपाली उद्योगको नयाँ पहिचान र युवा पुस्ताको जीवनशैलीसँग जोडिँदै  इनर्जी ड्रिंक ‘एक्स्ट्रिम’

गण्डकी टाइम्स
बिहिवार, आषाढ ४ २०८३
गण्डकी टाइम्स
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडाैं । एक समय नेपाली बजारमा ऊर्जा पेय (इनर्जी ड्रिंक) भन्नासाथ विदेशी ब्रान्डको नाम मात्र सम्झिने गरिन्थ्यो। तर, समयसँगै अहिले अवस्था फेरिएको छ। अहिले स्वदेशमै उत्पादन हुने ब्रान्डहरू विस्तार हुँदै गएका छन् र तीमध्ये ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ।

    बदलिँदो जीवनशैली, खेलकुद र फिटनेसप्रतिको आकर्षण तथा लामो समय सक्रिय रहनुपर्ने आवश्यकता बढ्दै जाँदा इनर्जी ड्रिंकप्रतिको चासो पनि विस्तार हुँदै गएको छ। यसले स्वदेशी उद्योगका लागि नयाँ सम्भावनाको  ढोका खोलिदिएको छ। इनर्जी ड्रिंकको इतिहास हेर्दा यसको सुरुवात जापानबाट भएको पाइन्छ। दोस्रो विश्वयुद्धपछि तीव्र औद्योगिकीकरणको चरणमा प्रवेश गरेको जापानमा लामो समय काम गर्ने कामदार, ट्रक चालक तथा कर्मचारीलाई थप ऊर्जा र ताजगी दिने पेय पदार्थको आवश्यकता महसुस गरिएको थियो।

    यही आवश्यकतालाई सम्बोधन गर्दै जापानी औषधि कम्पनी ‘ताइशो फार्मास्युटिकल’ले सन् १९६२ मा ‘लिपोभिटान डी’ नामक पेय बजारमा ल्याएको थियो। टाउरिन, क्याफिन र बी–भिटामिनको मिश्रण रहेको उक्त पेयलाई आधुनिक इनर्जी ड्रिंकको सुरुवातका रूपमा लिइन्छ। छ दशकभन्दा लामो यात्रापछि इनर्जी ड्रिंक आज विश्वव्यापी उद्योग बनेको छ, यसको प्रभाव नेपालसम्म पनि आइपुगेको छ।
    नेपाली उद्योगको नयाँ पहिचान र युवा पुस्ताको जीवनशैलीसँग जोडिँदै: 

    नेपालमा उत्पादन हुँदै आएको ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ एग्रो थाई फुड्स प्रा.लि.को उत्पादन हो। विदेशी ब्रान्डको प्रतिस्पर्धामाझ स्वदेशी उत्पादनले बजारमा आफ्नो स्थान बनाउनु आफैंमा चुनौतीपूर्ण काम हो। तर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यो ब्रान्ड विस्तार हुँदै गएको देखिन्छ।
    उद्योगसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० हजारभन्दा बढी व्यक्तिको रोजगारी जोडिएको बताइन्छ। उत्पादनदेखि वितरण, ढुवानी, बजार व्यवस्थापन र खुद्रा व्यापारसम्म हजारौं परिवारको आयआर्जनसँग यो क्षेत्र सम्बन्धित छ। यसले सरकारी राजस्वमा पनि योगदान पुर्‍याइरहेको छ। उत्पादन क्षमता र गुणस्तरलाई थप मजबुत बनाउन सके नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सम्भावना पनि देखिन्छ।

    नेपालमा पछिल्ला वर्षहरूमा जिम, फिटनेस सेन्टर, साइकलिङ, म्याराथन, क्रिकेट, फुटबललगायत खेलकुद गतिविधिप्रति युवाको आकर्षण बढेको छ। स्वास्थ्यप्रति सचेत नयाँ पुस्ताले सक्रिय जीवनशैलीलाई प्राथमिकता दिन थालेको छ।यही परिवर्तनसँगै इनर्जी ड्रिंकको प्रयोग पनि बढ्दै गएको देखिन्छ। लामो समय काम गर्ने, यात्रा गर्ने, खेलकुदमा सहभागी हुने तथा अतिरिक्त ऊर्जा आवश्यक पर्ने व्यक्तिहरूमाझ यस्ता पेय लोकप्रिय बन्दै गएका छन्। ‘एक्स्ट्रिम’ले आफूलाई ऊर्जा, उत्साह, एकाग्रता र सक्रिय जीवनशैलीसँग जोडेर बजारमा स्थापित गर्ने प्रयास गरिरहेको छ।
    एक समय ठूला सहरमा सीमित रहेका इनर्जी ड्रिंक अहिले देशका विभिन्न जिल्ला तथा ग्रामीण बजारसम्म सहज रूपमा उपलब्ध हुन थालेका छन्। आकर्षक प्याकेजिङ, प्रभावकारी वितरण सञ्जाल, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तथा आधुनिक बजार रणनीतिका कारण ‘एक्स्ट्रिम’ले उपभोक्तामाझ आफ्नो पहुँच विस्तार गरिरहेको छ। उपभोक्ताले चाहेको समयमा सजिलै उत्पादन उपलब्ध हुनु पनि यसको लोकप्रियताको एउटा कारण मानिन्छ।

    खाद्य पदार्थको क्षेत्रमा गुणस्तर नै सबैभन्दा महत्वपूर्ण आधार हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रक्रिया अपनाउने र गुणस्तरलाई प्राथमिकतामा राख्ने प्रयासले नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास पनि क्रमशः बढ्दै गएको उद्योगीहरूको भनाइ छ। स्वदेशमै विश्वस्तरीय उत्पादन सम्भव छ भन्ने सन्देश दिनु अहिले नेपाली उद्योगका लागि चुनौती मात्र होइन, अवसर पनि बनेको छ।

    इनर्जी ड्रिंकबारे चार प्रमुख भ्रम र यथार्थ:

    १. इनर्जी ड्रिंकमा कफीभन्दा धेरै क्याफिन हुन्छ ?
    धेरैले इनर्जी ड्रिंकमा अत्यधिक क्याफिन हुन्छ भन्ने ठान्छन्। तर थाइल्यान्डको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले प्रति क्यान वा बोतल अधिकतम ५० मिलिग्राम क्याफिनको मात्र अनुमति दिएको छ। तुलनात्मक रूपमा १५० मिलिलिटरको एक कप कफीमा करिब ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ। अर्थात् धेरै अवस्थामा कफीमा इनर्जी ड्रिंकभन्दा बढी क्याफिन पाइन्छ।

    २. टाउरिन शरीरका लागि हानिकारक हो ?
    टाउरिन मानव शरीरले स्वाभाविक रूपमा उत्पादन गर्ने एमिनो एसिड हो। यसले स्नायु प्रणाली र मस्तिष्कको कार्यसम्पादनमा सहयोग पुर्‍याउँछ। अत्यधिक थकान वा ऊर्जा खर्च हुने अवस्थामा शरीरले पर्याप्त टाउरिन उत्पादन गर्न नसक्ने भएकाले आधुनिक इनर्जी ड्रिंकमा यसको उचित मात्रा समावेश गरिन्छ।

    ३. बी–भिटामिन आवश्यक हुँदैन ?
    भिटामिन बी–३, बी–६ र बी–१२ शरीरमा ऊर्जा उत्पादन प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण तत्व हुन्। यी पानीमा घुल्ने भएकाले आवश्यकता भन्दा बढी भएमा प्राकृतिक रूपमा शरीरबाट बाहिर निस्कन्छन्। यी भिटामिनले स्नायु प्रणाली र मस्तिष्कको कार्यक्षमता कायम राख्न तथा थकान कम गर्न सहयोग पुर्‍याउँछन्।

    ४. चिनी नै सबै समस्याको कारण हो ?
    ग्लुकोज शरीर र मस्तिष्कका लागि महत्वपूर्ण ऊर्जा स्रोत हो। विशेषगरी शारीरिक श्रम, लामो यात्रा वा थकानका बेला यसले शरीरलाई छिटो ऊर्जा दिन मद्दत गर्छ। हाल बजारमा विभिन्न स्वाद र आवश्यकता अनुसार चिनीको मात्रा फरक भएका उत्पादन उपलब्ध छन्। चिनीरहित (सुगर–फ्री) विकल्पहरू पनि बजारमा पाइन्छन्।

    सावधानी पनि उत्तिकै आवश्यक:

    विशेषज्ञहरूका अनुसार कुनै पनि खाद्य पदार्थको सेवनमा सन्तुलन आवश्यक हुन्छ। इनर्जी ड्रिंक पनि त्यसको अपवाद होइन। बालबालिका, गर्भवती महिला तथा विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना इनर्जी ड्रिंक सेवन गर्नु उपयुक्त मानिँदैन।

    स्वदेशी उत्पादनको नयाँ सम्भावना:
    छ दशकअघि जापानबाट सुरु भएको इनर्जी ड्रिंकको यात्रा अहिले नेपालसम्म आइपुगेको छ। यसबीच स्वदेशमै उत्पादन हुने ब्रान्डहरूले बजारमा आफ्नो स्थान खोजिरहेका छन्। रोजगारी सिर्जना, राजस्वमा योगदान र भविष्यमा निर्यातको सम्भावना जस्ता पक्षले हेर्दा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ जस्ता स्वदेशी उत्पादनले नेपाली उद्योगको नयाँ सम्भावनाको प्रतिनिधित्व गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij