२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अस्ट्रेलियालाई २–० ले हराउँदै अमेरिका ९६ वर्षपछि नकआउट चरणमा

अस्ट्रेलियालाई २–० ले हराउँदै अमेरिका ९६ वर्षपछि नकआउट चरणमा

गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौँ, ६ असार। विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। 

    जारी विश्वकपको सह आयोजकसमेत रहेको अमेरिकाले सियाटल स्टेडियममा समूह ‘डी’ को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गरी अन्तिम ३२ मा स्थान पक्का गरेको हो। यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ।

    यसअघि शुक्रबार भएको खेलमा समूह ‘ए’ बाट सहआयोजक मेक्सिको पनि नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाले ११ औँ मिनेटमा अस्ट्रेलियाविरुद्ध पहिलो गोल गर्दै अग्रता लिएको थियो। अस्ट्रेलियाका रक्षक क्यामरुन बुर्गेसले आत्मघाती गोल गर्दा अमेरिकाले खेलमा अग्रता बनायो। 

    त्यसैगरी अमेरिकाका एलेक्स फ्रिम्यानले खेलको ४३ औँ मिनेटमा हेडमार्फत् दोस्रो गोल गरे। यो गोलपछि खेलमा कुनै गोल हुन सकेन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij