२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बालकृष्ण खाणलाई दुई वर्ष कैद

बालकृष्ण खाणलाई दुई वर्ष कैद

गण्डकी टाइम्स
मंगलवार, आषाढ ३० २०८३
गण्डकी टाइम्स
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ, ३० असार। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय भएको छ। मंगलबार जिल्ला अदालत, काठमाडौँले खाणलाई दुई वर्ष कैद सजाय सुनाएको हो। यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ। 

    उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ। त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ। यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ। 

    अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नुपर्नेछ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij