काठमाडौँ, २ साउन। विश्वकप फुटबलको सेमिफाइनल खेलका क्रममा फकल्यान्ड द्वीपसम्बन्धी ब्यानर प्रदर्शन गरिएपछि उत्पन्न विवादमा अमेरिकाले अर्जेन्टिनाको समर्थन गरेको छ।
गत बिहीबार बिहान इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले मैदानमै ‘माल्भिनास (जसलाई फकल्यान्ड द्वीप भनेर पनि चिनिन्छ) अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। जसलाई फिफाको नियम उल्लंघन मानिएको छ र अर्जेन्टिनको टोलीलाई अनुशासनको कारबाही गरिनुपर्ने आवाज उठेको छ।
यसैबिच अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अर्जेन्टिनी फुटबल टोलीको बचाउ गर्दै खेलाडीहरूलाई संयुक्त राज्य अमेरिकामा त्यस्तो अभिव्यक्ति दिने अधिकार रहेको बताएको हो।