२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आफ्नै पार्टीका सांसदले आलोचना गर्न थालेपछि प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

आफ्नै पार्टीका सांसदले आलोचना गर्न थालेपछि प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

गण्डकी टाइम्स
शनिवार, श्रावण २३ २०८३
गण्डकी टाइम्स
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौँ,  २३ साउन। आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌मै आफ्नो आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। 

    शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन्।
    आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गरेका छन्।

    ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’, उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन।’

    balenpost.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij