२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रोल्पा पहिरो अपडेट : पाँचजनाको शव प्युठानमा भेटियो, मृत्यु हुने १० पुगे

रोल्पा पहिरो अपडेट : पाँचजनाको शव प्युठानमा भेटियो, मृत्यु हुने १० पुगे

गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०८३
गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०८३
  • रोल्पा, २८ साउन। रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ। योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको पुष्टि भएको छ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधवार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। उनीहरुको शव आज छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो। 

    शवको पहिचान भइसकेको छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव भेटिएको हो।

    पहिरोमा परेर तीन जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij