काठमाडौँ, २ भदौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
थापाले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।