२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बैंकर श्रीमान्‌लाई भेट्न गुल्मीबाट रुकुम पश्चिम पुगेकी स्वस्तिका छोरीसहित अस्ताइन्

बैंकर श्रीमान्‌लाई भेट्न गुल्मीबाट रुकुम पश्चिम पुगेकी स्वस्तिका छोरीसहित अस्ताइन्

गण्डकी टाइम्स
आइतवार, भाद्र ७ २०८३
गण्डकी टाइम्स
आइतवार, भाद्र ७ २०८३
  • रुकुम पश्चिम, ६ भदौ। रुकुम पश्चिममा आइतबार बिहान भएको सवारी दुर्घटनामा आमा–छोरीको ज्यान गएको छ। यात्राका क्रममा छोरीले शौच गर्न खोजेपछि गाडीबाट ओर्लिएकी आमाछोरीलाई अर्को गाडीले ठक्कर दिँदा उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

    मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ हर्रेकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

    स्वस्तिकाका श्रीमान् घनश्याम ज्ञवाली रुकुम पश्चिम सदरमुकाम मुसिकोट खलंगास्थित लक्ष्मी सनराइज बैंकमा कार्यरत छन्। स्वस्तिकाको माइतीघर सुर्खेत रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार आइतबार बिहान आमा–छोरी कर्णाली प्रदेश ०२००१ ख १०७० नम्बरको यात्रुवाहक फोर्स गाडीमा मुसिकोटबाट सुर्खेततर्फ जाँदै थिए। बिहान करिब साढे ८ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत सानीभेरी गाउँपालिका–८ को एकान्त मोडमा पुगेपछि दुई वर्षीया शान्दिकाले शौच गर्न भनेकी थिइन्।

    छोरीको आग्रहपछि स्वस्तिकाले चालकलाई गाडी रोक्न लगाइन्। गाडी रोकिएपछि उनी छोरीलाई लिएर सडकमा ओर्लिइन्। तर, गाडीबाट ओर्लिएको केही क्षणमै सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको ईभी गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिए पनि चिकित्सकले उनीहरूलाई बचाउन सकेनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij