काठमाडौँ, २९ भदौ। भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।