२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रसुवा बाढीः अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

रसुवा बाढीः अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

गण्डकी टाइम्स
सोमवार, आश्विन ५ २०८३
गण्डकी टाइम्स
सोमवार, आश्विन ५ २०८३
  • रसुवा, ५ असोज। रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ। गोरखा भूकम्पले विस्थापित गरेपछि उनी पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदी किनारको खाल्डेमा बस्दै आएका थिए।

    गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिए। तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो।

    उनले भेलबाट भागेर ज्यान त बचाए तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए। उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन्। 'ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो। तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन। पोहोर (विसं २०८२ असार २४ गते)को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो', तामाङले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij