न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको कालो चस्माबारे सामग्री प्रकाशित गरेको छ।
सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा बालेनले र्यापरदेखि काठमाडौंका मेयर हुँदै प्रधानमन्त्रीसम्म सार्वजनिक रूपमा कालो चस्मालाई आफ्नो पहिचानको हिस्सा बनाउँदै आएको उल्लेख गरिएको छ। नेपालमा उनको शैली पछ्याउँदै त्यस्तै चस्माको माग बढेको विषयसमेत सामग्रीमा समेटिएको छ।
बालेनको कार्यालयका अनुसार चिकित्सकको सल्लाहमा कडा उज्यालोबाट आँखाको सुरक्षाका लागि उनले चस्मा लगाउने गरेका छन्।