२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चोलेन्द्रलाई राति घरबाट लगिएको घटनामा नारायणकाजीको प्रश्न: ‘सरकारले तथ्य सार्वजनिक गरोस्’

चोलेन्द्रलाई राति घरबाट लगिएको घटनामा नारायणकाजीको प्रश्न: ‘सरकारले तथ्य सार्वजनिक गरोस्’

गण्डकी टाइम्स
आइतवार, आश्विन ११ २०८३
गण्डकी टाइम्स
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राति निवासबाट प्रहरी कार्यालय लगिएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले विशेष अपवादजन्य अवस्थाबाहेक सामान्यतः अदालतबाट पक्राउ पुर्जी लिएर मात्र पक्राउ गर्ने गरिने भन्दै जबरालाई पक्राउ गर्नुअघि त्यस्तो प्रक्रिया अपनाइयो कि अपनाइएन भन्नेबारे प्रश्न गरेका छन्।

    उनले जबरालाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट जानकारी नदिएको भन्दै आपत्ति जनाएका छन्। सञ्चारमाध्यममा भने जबरालाई पक्राउ नगरिएको, सुरक्षा चुनौती देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालय ल्याइएको भन्ने प्रहरीको भनाइ सार्वजनिक भएको उनले उल्लेख गरेका छन्।

    श्रेष्ठले कुनै व्यक्तिको क्रियाकलाप वा भूमिकामाथि आलोचना, विरोध वा टिप्पणी गर्न सकिने भए पनि गैरकानुनी काम वा अपराध गरेको भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताएका छन्।

    तर अहिले भइरहेको घटनाले लोकतान्त्रिक पद्धति र विधिको शासनमाथि प्रश्न उठाएको उनको दाबी छ। सुशासनको नारा दिएर सत्तामा आएको सरकारले यस्तो कार्यशैली सच्याउनुपर्ने र जबरा प्रकरणको तथ्य तथा सत्य तत्काल सार्वजनिक गर्नुपर्ने श्रेष्ठको माग छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij