२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

४७ पटक प्रहार, तर गोल शून्य

४७ पटक प्रहार, तर गोल शून्य

गण्डकी टाइम्स
सोमवार, बैशाख २ २०७६
गण्डकी टाइम्स
सोमवार, बैशाख २ २०७६
  • एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एट्लान्टा ‘फ्रस्टेसन’ को अर्कै स्तरमा पुग्यो शायद । कारण, इम्पाओलीसँगको खेलमा ४७ पटक पोस्टमा बल प्रहार गरे पनि एट्लान्टाले गोल भने गर्न सकेन । इम्पाओलीसँग गोलरहित बराबरीमा रोकियो । एट्लान्टाका १८ वटा प्रहार त लक्ष्यमै थिए । युरोपका शीर्ष पाँच लिगमा कुनै पनि टिमले यति धेरै प्रयास गरे र पनि गोल गर्न नसकेको अवस्था थिएन । सन् २००६–०७ को सिजनदेखि तथ्यांक राख्न सुरु गरिएकोमा सन् २०१५ मा ला लिगामा रियल मड्रिडले ३० पटक पोस्ट प्रहार गरेकोमा १० गोल गरेको थियो । तर एट्लान्टाले ४७ पटकको प्रहारमा पनि एक गोल गर्न सकेन । इम्पाओलीका २१ वर्षे गोलरक्षक बाटैलोमिएज ड्रागोवस्की नायक बने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij