बराबरीमा रोकियो रियल मड्रिड
बराबरीमा रोकियो रियल मड्रिड
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
तुलनात्मक रुपमा कमजोर मानिएको टिम लेगानेससँग रियल मड्रिड १–१ को बराबरीमा रोकिएको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिड पहिलो हाफमा पछि परेको थियो । ४५ औँ मिनेटमा जोनथन सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
५१ औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल फर्काएका हुन् ।
तेस्रो स्थानको रियल मड्रिडको ३२ खेलबाट ६१ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६५ तथा लिग लिडर बार्सिलोनाको ७४ अंक छ ।
प्रतिक्रिया