२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेस्सीको बलमा बार्सिलोना पुग्यो सेमिफाइनलमा

मेस्सीको बलमा बार्सिलोना पुग्यो सेमिफाइनलमा

गण्डकी टाइम्स
मंगलवार, बैशाख ३ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख ३ २०७६
  • एजेन्सी ।  लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडलाई ३-० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले समग्रमा ४-० को जितसहित अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि लियोनल मेस्सीले १६ र २० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले ६१ औँ मिनेटमा गोल गरि टिमलाई जिताउन सहयोग गरे । युनाइटेडका एलेक्स सान्चेजले गोल गर्ने राम्रो मौका बनाएका थिए । तर बार्सिलोनाका गोलरक्षकले रोके ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij