२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा

आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा

गण्डकी टाइम्स
मंगलवार, बैशाख ३ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख ३ २०७६
  • एजेन्सी ।  युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण उसले युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्‍यो । पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेगमा पनि युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २८ औँ मिनेटमा रोनाल्डोले युभेन्टसलाइ एक शून्यले अगाडी राखेका थिए । तर त्यसको ६ मिनेटमा नै आयाक्सका भान डेर बिकले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको ६७‌ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल पाहुना टिमलाई अग्रता दिलाए । आयाक्स क्लबको इतिहासमा यो नवाैँ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । अन्तिम पटक आयाक्स सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो ।युभेन्टसले एकै सिजनमा युरोपियन प्रतियोगितामा दुई वटा खेल घरेलु मैदानमा हार्न पुग्यो । च्याम्पियन्स लिगमा आयाक्सको यो लगातार तेस्रो अवे जित हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij