२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

स्तब्ध बन्यो म्यानचेस्टर सिटी, अवे गोलले टोटनह्याम सेमिफाइनलमा

स्तब्ध बन्यो म्यानचेस्टर सिटी, अवे गोलले टोटनह्याम सेमिफाइनलमा

गण्डकी टाइम्स
बुधवार, बैशाख ४ २०७६
गण्डकी टाइम्स
बुधवार, बैशाख ४ २०७६
  • एजेन्सी ।  म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटर फाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको अवे मैदानको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीसँग ४–३ ले पराजित भए पनि माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम अवे गोलका आधारमा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा १–० ले विजयी भएको टोटनह्यामले अवे मैदानमा भएको खेलमा तीन गोल गर्दै समग्रमा ४–४ को बराबरी गरेको हो । अवे मैदानमा गोल गर्न नसकेका कारण घरेलु मैदानमा चार गोल गरे र पनि म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पेपको टिमका लागि रहिम स्ट्रर्लिङ्गले चौथो मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर सातौँ र १० औँ मिनेटमा सन हेङ–मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ११ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि बराबरी गोल फर्काए भने स्ट्रर्लिङ्गले २१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा सिटीले ३–२ को अग्रता लियो । ५९ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाए । तर ७३ औँ मिनेटमा फर्नान्डो लोरेन्तेले टोटनह्यामका लागि महत्वपूर्ण गोल गरे र समग्रमा खेलमा ४–४ को बराबरी गरे भने अवे गोलका आधारमा टिम अन्तिम चारमा पनि पुग्यो । ९४ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गरेका थिए, तर भिएआरले उनको गोललाई मान्यता दिइएन । योसँगै पेप गार्डिवलाको टिम सिटीले यो सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कपको उपाधि जितेर इतिहास बनाउने मौकाबाट गुमायो । सिटीले लिग कपको उपाधि जितेको छ भने प्रिमियर लिग र एफए कपमा उपाधिको सम्भावना छ । टोटनह्यामले सेमिफाइनलमा डच क्लब अजाक्ससँग प्रतिस्पर्धा गर्ने छ । अजाक्स युभेन्टसलाई हराउँदै अन्तिम चारमा आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij