२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘मेस्सीलाई रोक्न त्यसै सकिँदैन, पिँजडा बनाउनु पर्छ’

‘मेस्सीलाई रोक्न त्यसै सकिँदैन, पिँजडा बनाउनु पर्छ’

गण्डकी टाइम्स
शुक्रवार, बैशाख ६ २०७६
गण्डकी टाइम्स
शुक्रवार, बैशाख ६ २०७६
  • एजेन्सी ।  इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिनु र स्पेनिस क्लब बार्सिलोना अन्तिम चारमा पुग्नुले सन् २०१९ को बालोन डी’ओरमा मेस्सीलाई फाइदा पुगेको प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि अहिले खाली छन् । क्रिष्टियानो रोनाल्डोको गोलको बाबजुद इटालियन क्लब युभेन्टस डच क्लब अजाक्ससँग पराजित हुँदै अन्तिम ८ बाटै बाहिरियो । तर मेस्सीको गोलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको छ । रुसी टेलिभिजनसँग जोसेले भनेका छन्, ‘मेस्सीको स्थान बुझ्न सहज छ, तर उनलाई नियन्त्रणमा राख्न पिँजडा बनाउनु सजिलो छैन ।’ उनले अघि भने, ‘जब मेस्सीसँग बल हुन्छ र अवस्था वान अन वान हुन्छ भने उनलाई रोक्न सकिँदैन । मेस्सीलाई रोक्नका लागि उनी वरिपरि पिँजडा बनाउनु पर्छ ।’ मेस्सीको यो सिजन निकै उत्कृष्ट रहेको र युभेन्टस तथा क्रिष्टियानो रोनाल्डो मैदानबाट बाहिरिएकाले अब बालोन डी’ओरले पर्खिरहेको छ भन्ने मेस्सीलाई थाहा रहेको जोसेले बताएका छन् । बार्सिलोना र अजाक्ससँग लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij