ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड भिड्दै
ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड भिड्दै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार बार्सिलोना र एथ्लेटिको मड्रिड प्रतिस्पर्धामा उत्रँन लागेका छन् । बार्सिलोना र एथ्लेटिको मड्रिड भिन्दाभिन्दै खेलमा मैदान उत्रँन लागेका हुन् ।
जसअन्तर्गत एथ्लेटिको मड्रिड र एइबरबीचको खेल आजराति नेपाली समयअनुसार ८ बजे सुरु हुनेछ । त्यस्तै बार्सिलोना र रियल सोसियाड्याडबीचको खेल आजराति नेपाली समयअनुसार साढे १२ बजे सुरु हुनेछ ।
अहिलेसम्मको ला लिगा अंकतालिका अनुसार बार्सिलोना लिगमा ७४ अंकसहित शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा ६१ अंक भएको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ ।
एइबर ४० अंकसहित १३ औं स्थानमा रहेको टोली हो भने सोसियाड्याड ४१ अंकसहित १० औं स्थानमा रहेको टोली हो ।
प्रतिक्रिया