दिल्लीद्वारा पन्जाब पराजित, सन्दीपले लिए तीन विकेट
दिल्लीद्वारा पन्जाब पराजित, सन्दीपले लिए तीन विकेट
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो ।
पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि शिखर धवन र श्रेयस आयरले अर्धशतक प्रहार गरे । धवनले ५६ तथा आयरले अविजित ५८ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि आफ्नो टिमलाई जिताउन सकेनन् । पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया