एजेन्सी । पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो तीन फरक लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गरेसँगै रोनाल्डोले यो उपलब्धि हात पारेको हो ।
रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनैपनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन् । रोनाल्डोले यसअघि इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाको उपाधि जितेको थियो ।

सन् २००९ मा रियल जानुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट लगातार तीन प्रिमियर लिगको उपाधि जितेको थियो ।
रियलमा पुगेपछि रोनाल्डोले दुई पटक स्पेनिस ला लिगाको उपाधि जितेको थियो । यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन नै सिरी ‘ए’ उपाधि जित्न सफल बन्यो ।